२६ आश्विन २०८१, शनिबार

बिहीबार चार प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने, उच्च पहाड र हिमालमा हिमपातकाे सम्भावना

प्रकाशित मिति :  1 February, 2024 6:56 am


काठमाडौँ। बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बिहीबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

बिहीबार राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातमा देशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहने विभागले जनाएको छ।

मौसमको प्रतिकूलताबाट बच्न आवश्यक सचेतना अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !