२६ आश्विन २०८१, शनिबार

सर्लाहीमा एक महिलाको हत्या, श्रीमान र ससुरा फरार

प्रकाशित मिति :  1 February, 2024 9:48 am


सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा २१ वर्षीया युवती घरमै मृत अवस्थामा फेला परेकी छन् ।

बलरा नगरपालिका-४, जब्दी गाउँकी पूजादेवी सहनी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शरीरमा चोटपटक रहेको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतककी सासु बनारसी देवी सहनीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !