२६ आश्विन २०८१, शनिबार

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

प्रकाशित मिति :  1 February, 2024 12:58 pm


काठमाडौँ । आज बिहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनकाे मूल्य तोलामा ५०० रुपैयाँ बढेर तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १८ हजार ६५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । वुधबार तोलाको १४२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार प्रतितोला १० रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !