२६ आश्विन २०८१, शनिबार

ऋणपत्र निष्काशन गर्दै सिटिजन्स् बैंक इन्टरनेशनल

प्रकाशित मिति :  1 February, 2024 2:18 pm


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनलिे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिँदै अनुमति माग गरेको छ ।

बैंकले ३ अर्ब रुपैयाँबराबरको सिटिजन्स बैंक डिबेञ्चर,२०९० नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै माघ १२ गते बोर्डमा निवेदन दिएको छ । बैंकले १० वर्षै अवधिको उक्त ऋणपत्रमा व्याज ८.५ प्रतिशत प्रदान गर्ने जनाएको छ ।

बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै गत माघ १२ गते आवेदन दिएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत र बाँकी रहेको १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !