२६ आश्विन २०८१, शनिबार

व्यवसायी अरुण चौधरी पक्राउ

प्रकाशित मिति :  1 February, 2024 2:22 pm


काठमाडौं । व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार चौधरीलाई काठमाडौंको लैनचौरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ परेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !