२६ आश्विन २०८१, शनिबार

नेप्सेमा ३० अंकको गिरावट, कारोबार रकम ४ अर्ब माथि

प्रकाशित मिति :  1 February, 2024 3:10 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १२ उपसमुहमध्ये फाइनान्स उपसमुहबाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार पनि कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.१० अंकले घटेको छ ।

त्यस्तै आजको दिन साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.४२ प्रतिशतले घटेको छ ।

कुल ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता किनेबच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !