२६ आश्विन २०८१, शनिबार

चोरी भएका सवारी साधन पक्राउ गरी सवारी धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  1 February, 2024 4:32 pm


काठमाडौँ । चोरी भएर नियन्त्रणमा लिएका सवारी साधन ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ ।

पछिल्लो समय सवारी साधन चोरी हुने क्रम बढिरहेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गर्न लागको हो ।

चोरी भएका सवारी नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले भिएसयु शाखा स्थापना गरी नियन्त्रणमा लिएर पहिचान खुलेको सवारीहरु सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ ।

गत पुस १९ गतेबाट भिएसयु शाखा स्थापना गरे चोरीका सवारी नियन्त्रणमा लिने अभियान शुरु गरेको थियो । उक्त अभियान शुरु भएदेखि नियन्त्रणमा लिएका १० मोटर साइकल र २ चार पाङ्ग्रेमध्ये ५ वटा सवारी धनी पहिचान भएका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरिएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए ।

उनले दर्ता नभएका सवारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेर पहिचान खुलेकाहरू सम्बन्धित सवारी धनीलाई वुझाउन शुरु गरिएको बताए । उनले दर्ता नगरी सञ्चालन गरिएको सवारी पुनः दर्ता गरेर चलाउन चाहे सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने नभएर राजश्व कार्यालयलाई वुझाइने बताए ।

सवारी चोरीका घटनाहरु बढी रहेको समयमा सुनसरी, मोरङ र झापा जिल्लामा भिएसयु अन्तर्गत एक/एक जना र कोशी प्रदेशभर २ जना गरी सवारी खोज तलासका लागि ५ जना परिचालन गरिएको थियो । ट्राफिकले चोरीका तथा दर्ता नगरेर चलाएका सवारीहरु विशेष सुराकीका आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !