कोशी र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाड र हिमालमा हिउँ पर्ने
काठमाडौँ । शुक्रवार देशभर मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।
शुक्रवार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रवार राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागकको पूर्वामानुमान छ ।
कोशी प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
मौसम पूतिकूलताका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सचेतना अपनाउन अनुरोध गरिएको छ।