२६ आश्विन २०८१, शनिबार

सुनवलमा बस र टिपर ठोक्किए, १७ घाइते

प्रकाशित मिति :  2 February, 2024 8:01 am


काठमाडौँ। पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर एकआपसमा ठक्कर खादा १७ जना यात्रु घाइते भएका छन्।

काठमाडौबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल– ४ मा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाइएको छ।

घाइते मध्य १ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !