२६ आश्विन २०८१, शनिबार

दाङमा खाना पकाउनेक्रममा आगोले जलेर एक महिलाको मृत्यु

प्रकाशित मिति :  2 February, 2024 10:55 am


दाङ । दाङमा खान पकाउने क्रममा कपडाबाट आगो सल्किएर ४४ वर्षिय महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहीवार साँझ घरमा दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट आगो सल्किएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

श्रीमान र छोरा घरबाहिर भएकोबेला खाना पकाउनेक्रममा लुगाबाट सल्किएको आगोले उनको ज्यान गएको हो । घटना पश्चात स्थानियले प्रहरीलाई खबर गरेपनि प्रहरी टोली घटनास्थल पुग्दा चौधरी मृत अवस्थामा फेला परेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !