२६ आश्विन २०८१, शनिबार

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्टः ओली

प्रकाशित मिति :  2 February, 2024 1:43 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उनको आरोप थियो ।

वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गरे । अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए । उनले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताए ।

“अहिले सरकार यस्तो छ, आजबाट स्काउटको अधिवेशन हुने, विदेशीहरू पनि अए । स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि त्यहाँ प्रधानमन्त्रीलाई संरक्षक भनेको हुन्छ । मानका लागि हो त्यो । मानका खातिर मान मात्रै हो । संरक्षकले निर्देशन दिन सक्नेछन् भनेको हुन्छ । निर्देशन दिने भनेको ताभुंग पार्न निर्देशन दिने भनेको होइन,” उनले भने, “सकारात्मक सुझाव दिने, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नलाई निर्देशन भनिँदैन । प्रधानमन्त्रीजीले विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ, चुनाव होला सायद । हिसाव गर्दा गठबन्धनलै नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् ।”

अध्यक्ष ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरूलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !