२६ आश्विन २०८१, शनिबार

विकासका सहयोगी हुनुपर्ने बैंकहरू मिटरब्याजी भएः अध्यक्ष ओली

प्रकाशित मिति :  2 February, 2024 1:58 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजी भएको आरोप लगाएका छन् ।
शुक्रवार बैंक,बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि व्याज पनि सावाँमा गाभ्ने भएकाले बैंकहरू पनि मिटरब्याजी जस्तै भएको बताए । उनले बैंकहरूले ऋणीले लिएको कर्जाको ब्याजलाई तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै त्यस्तो गरे मिटरब्याजीसरह हुने बताए । अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गरे ।

उनले भने,”बैंकले दिएको ऋण सदुपयोग भएको छ वा छैन । त्यो बैंकले केही हेर्दैन। धितो छ के मतलव भनिएको छ । धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम होइन । बैंकहरूले लगानी गरेपछि अनुगमन र सदुपयोग भएको छ की छैन भनेर पनि हुर्नुपर्छ । बैंकले सस्तो ब्याजमा पैसा पाएको हुन्छ । बैंकहरूले ऋणलाई कर्जा दिँदा ब्याजदर घटाउन बढाउन सकिने छ भनेको हुन्छ तर घटाउने कहिल्यै हुँदैन । कर्जा लिँदा दुईपक्षिय सहमति बिना ब्याज दर घटबढ गर्न पाइँदैन । यो व्यवस्था गर्नुपर्छ । बैंकले एकतर्फि रुपमा कर्जाको ब्याजदर बढाउनु हुँदैन ।”

उनले नेपालमा बिमा कर कापले गर्ने गरेको बताउँदै करले गरेको बिमाको तीन किस्तासम्म तिर्ने त्यसपछि बिमा अलपत्र पर्ने गरेको उल्लेख गरे । उनले अलपत्र परेको बिमा कम्पनीको नाफामा जाने तर बिमा गर्नेले उसको लागत कटाएर पैसा फिर्ता गर्न नजानेको बताए ।

अध्यक्ष ओलीले देश अहिले राजनीतिक,सामाजिक र आर्थिक हिसावले अफ्ठ्यारो स्थितिमा रहेको बताउँदै उनले देशमा डरलाग्दो संस्कृति अभाव खड्किरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !