२६ आश्विन २०८१, शनिबार

रुसी सेनामा भर्ती भएका आफ्ना मान्छे स्वदेश फर्काइदिन आग्रह

प्रकाशित मिति :  2 February, 2024 2:29 pm


काठमाडौँ । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

उनीहरूले सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरूको आग्रह छ । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरूलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए । उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरू बाँच्ने अवसर शुन्य बराबर हुने बताए ।

उनले भने, “हामी नेपालीहरू सिधै फिल्डमा नै जाने हो । उनीहरू हामीलाई ताकेर नै बसेका हुन्छन् । हामी बाँच्नै चान्स त कम नै हुन्छ । बाँच्नै चान्स नै छैन । बाँच्नु भनेको जिरो प्रतिशत हो । हामी मैदानमा फिल्डमा जाने हो । युक्रेनीहरू सिधै क्याम्पतिर बसेको हुन्छ । अहिलेसम्म ४ देखि ५ सय भन्दा बढी नेपालीहरू मरिसकेका छन् ।”

उनका अनुसार अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरूले ज्यान गुमाइसकेका छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरूलै छिटो भन्दा छिटो उनीहरूलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !