२६ आश्विन २०८१, शनिबार

पश्चिम नेपालमा हल्का वर्षा, उच्च पहाड र हिमालमा हिमपात

प्रकाशित मिति :  4 February, 2024 7:37 am


काठमाडौँ। आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

आइतवार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम प्रतिकूलताले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असर तथा चिसोबाट समेत बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !