२६ आश्विन २०८१, शनिबार

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पुनर्गठन गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  4 February, 2024 8:06 am


काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न नसकेको बताएका छन्।

पोखरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले आजको केन्द्रिय कार्यभार भनेकै नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानको फड्को मार्नु रहेको बताए।

श्रेष्ठले भने, “नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न सकेको छैन आजको केन्द्रिय कार्यभार त्यो नै हो । तर त्यसको लागि सुशासन अनिवार्य शर्त हो ।”

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको र संसदबाट पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको फेरि गठन गर्नुपर्ने सुझाव उनको छ।

श्रेष्ठले थपे, “सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन छ । त्यसलाई संसदबाट पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको फेरि गठन गरेर द्वन्द्व पीडितलाई न्याय दिनेगरी र देशमा दिगो शान्ति स्थापना हुने गरी राष्ट्रिय मेलमिलापलाई केन्द्रमा राख्दै शान्ति प्रक्रियालाई पूर्णता दिनु हो ।”

उनले समृद्धिका लागि सुशासन, समृद्धि र सामाजिक न्याय मुख्य कुरा रहेको बताए। उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार भनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभारहरु अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूर्णता दिनु रहेको जनाए।

उपप्रधानमन्त्री श्रेष्ठले द्वन्द्व पीडितलाई न्याय दिनेगरी र देशमा दिगो शान्ति स्थापना हुने गरी राष्ट्रिय मेलमिलापलाई केन्द्रमा राख्दै शान्ति प्रक्रियालाई पूर्णता दिनु आजको कार्यभार भएको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !