२७ आश्विन २०८१, आइतबार

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु

प्रकाशित मिति :  4 February, 2024 10:57 am


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट ‘राष्ट्रव्यापी दबाब अभियान’को सुरु गर्ने भएको छ । आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा पार्टी सभापति रवि लामिछानेले दबाब अभियानको उद्घाटन रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार यो अभियान आगामी चैत २१ गतेसम्म देशभर चल्ने छ । रास्वपाले मेलम्चीमा मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाब दिनेछ ।
यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीनरतीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागेको महामन्त्री ढकालले बताए ।



प्रतिक्रिया दिनुहोस !