२७ आश्विन २०८१, आइतबार

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि स्थगित

प्रकाशित मिति :  4 February, 2024 10:26 am


काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ ।

माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरुमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएपछि स्थगित भएको हो । कुटाकुट र भिडन्तमा एमालेका कार्यकर्ता सन्तोष खनालको हात भाचिएको छ ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार एक विज्ञप्ति जारी गर्दै विवाद र झडपसमेतको अवस्था आएको भन्दै अधिवेशन स्थगित भएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !