२७ आश्विन २०८१, आइतबार

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

प्रकाशित मिति :  4 February, 2024 11:13 am


नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ।

गएराति अज्ञात समूहको गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका छन् । उनको देब्रे पाखुरामा गोली लागेको छ ।

गोली प्रहार गर्ने समूहले विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । पसल बन्द गरेर फर्किनेक्रमामा उनी माथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

विश्वकर्मा पसल बन्द गरेर घर फर्कने क्रममा भएकाले लुटेरा हुनसक्ने आशंका प्रहरीले गरेको छ ।घाइते विश्वकर्माको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !