२७ आश्विन २०८१, आइतबार

रोल्पाका पिमलाल नेपालीले गरे श्रीमती र साढे दुई वर्षीय छोराको हत्या

प्रकाशित मिति :  4 February, 2024 11:56 am


काठमाडौं । श्रीमती र छोराको हत्या अभियोगमा रोल्पाका एक प्रहरी जवान पक्राउ परेका छन् ।

रुन्टीगढी गाउँपालिका–९, रोल्पा घर भई जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

आइतबार बिहान ७ बजे श्रीमती र छोराको हत्या गरेको भन्दै ८ बजे उनी प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

नेपालीले श्रीमतीसँग विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रहरीलाई बताएका छन् ।

शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं। १ मा बास बसेका थिए । डिएसपी मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए ।

नेपालीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !