२७ आश्विन २०८१, आइतबार

जनमतले संसदीय भुमिकालाई प्रभावकारी बनाउने

प्रकाशित मिति :  4 February, 2024 3:43 pm


काठमाडौँ । सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।

आइतबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट सुरू हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा।शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताए ।

उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताए । उनले गठबन्धनमा शुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली काँग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताए ।

प्रवक्ता यादवले अन्य मन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूले राम्रो काम गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !