२७ आश्विन २०८१, आइतबार

राप्रपा नेपालले तत्काल संघीय संरचना खारेज गर्ने लक्ष्य लिएको छः कमल थापा

प्रकाशित मिति :  4 February, 2024 3:48 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताएका छन् ।

देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।

आइतवार काठमाडौँमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए ।

उनले केही वर्ष भित्रमा नै राप्रपा, नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुनेगरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि एक वर्ष भित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्नु पर्ने अध्यक्ष थापाको भनाइ थियो ।

अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको रुपमा टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !