२७ आश्विन २०८१, आइतबार

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छः सभामुख घिमिरे

प्रकाशित मिति :  4 February, 2024 4:40 pm


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

आइतबार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए ।

उनले पारित गर्नुमात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताए । उनले प्रिबजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेशमाफर्त आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए ।

सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !