२८ पुस २०८१, आइतबार

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष र श्रीमतीलाई डेढ वर्ष जेल सजाय

प्रकाशित मिति :  4 February, 2024 6:25 pm


काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय ताेकेकाे छ । आज (आइतबार) विशेष अदालतले १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना भराउन समेत आदेश गरेको छ ।

गत माघ ७ गते कसुर ठहर भई आइतबार सजाय निर्धारण हुँदा तामाङलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । आइतबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।

त्यस्तै विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !