२७ आश्विन २०८१, आइतबार

धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश

प्रकाशित मिति :  5 February, 2024 9:44 am


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि आक्रोश व्यक्त गरेका छन् ।

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको बताउँदै पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्। उनले धेरैको नजर पार्किङको ठेक्कामा भएको र नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको आरोप लगाएका छन् ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन गर्ने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउन पनि उनले जोड दिएका छन्।

उनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै सो स्थानमा पार्किङ बन्द नरहेको र अझै व्यवस्थित गर्दै लैजाने पनि बताएका छन् ।

उनले आफु काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !