२७ आश्विन २०८१, आइतबार

दुई संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  5 February, 2024 9:52 am


काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दैछ । आज दिउँसो संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आज दिउँसो १ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । आजको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे नै बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !