२७ आश्विन २०८१, आइतबार

गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यताले देश छियाछिया भयो: उपाध्यक्ष पौडेल

प्रकाशित मिति :  5 February, 2024 5:54 pm


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन् ।

सोमबार प्रेस चौतारी नेपालको २६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको मुलुकको परिस्थिति कहाली लाग्दो रहेको बताए । उनले देशको अहिलेको स्थिति मल्टी अर्गन फेलियर रहेको बताए । उनले देशलाई यो ठाउँमा ल्याइपुर्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाए ।

उपाध्यक्ष पौडेलले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए । उनले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भएपनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए ।

उनले प्रतिपक्षका आवाज किनारा लगाउने काममा सरकार उद्धत रहेको बताए । उनले पार्टीको सदनमा प्रस्तुति झनै सशक्त हुने बताए । उनले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभूति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताए ।

उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको बताए । प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइहरु नै बाझिरहेको उनले बताए । उनले सरकारले अर्थतन्त्रका समस्या र समाधानमा अलमलमा रहेको बताए । उनले अहिले साधारण खर्च धान्नसक्ने गरी राजश्व परिचालन हुन नसकेको बताए । पुँजीगत खर्चको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

उपाध्यक्ष पौडेलले वर्तमान सरकारले मुलुकले अर्थतन्त्रमा व्यहोरेका समस्या समाधानको ल्याकत नराख्ने बताए । उनले सरकारको ज्यादतीका विरुद्धमा सशक्त जनदबाब अहिलेको आवश्यकता बनेको र केही समयपछि जनताका माझमा सशक्त जनदबाब सृष्टि गर्ने हिसाबले जाने बताए



प्रतिक्रिया दिनुहोस !