२७ आश्विन २०८१, आइतबार

राष्ट्रपतिलाई एमालेको चेतावनी: संसद् महासचिव अविलम्ब नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन

प्रकाशित मिति :  5 February, 2024 5:57 pm


काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवेशन सुरू भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गरे ।

महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो । उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए । कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब नियुक्ति गर्न आग्रह गरे ।

आगामी बैठकहरूमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कायम राख्न आग्रह गरे ।

नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताए ।



प्रतिक्रिया दिनुहोस !