२७ आश्विन २०८१, आइतबार

सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु चढेको जिप दुर्घटना, ११ जना घाइते

प्रकाशित मिति :  6 February, 2024 7:12 am


सर्लाही । सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु चढेको गाडी दुर्घटना भएको छ ।

सोमबार राति मलंगवा नगरपालिका-११ गमहरियामा बीआर ०६ पिडी ९६४८ नम्बरको जिप र ट्याक्टर ठोकिंदा ११ जना घाइते भएका छन् ।

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँंग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन्। उनीहरुमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ ।

दुर्घटना पश्चात ट्याक्टर चालक फरार भएको प्रहरीले जानकारी दिएको छ । उनको खोजी कार्य भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !