२७ आश्विन २०८१, आइतबार

आगामी आर्थिक वर्षको बजेट उत्पादनशिल क्षेत्रमा केन्द्रित हुन्छः अर्थमन्त्री महत

प्रकाशित मिति :  6 February, 2024 10:17 am


काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले यस्तो बताएका हुन । उनले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सिमित स्रोत र साधनलाई हेरेर उत्पादनशिल क्षेत्रमा समट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए ।

उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद र सरकारबीच बजेट,नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए ।

उनले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभइ आयोजनाहरु घोषणा गरेको कारण धेरै आयोजनाहरुको काम अधुरो रहेको बताए । उनले आयोजनाहरुमा बजेट नै नराखि ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताए।

उनले सरकारले यो अधिवेशनमा धेरै विधेयकहरु पेश गर्ने तयारी गरेकाले संसदले बिजनेस प्रस्शत पाउने बताए ।



प्रतिक्रिया दिनुहोस !