२७ आश्विन २०८१, आइतबार

सर्लाही दुर्घटनामा घाइते नापी कार्यालयका सहयोगी विनोद घिमिरेको मृत्यु

प्रकाशित मिति :  6 February, 2024 11:25 am


काठमाडौँ । सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ ।

घिमिरेको उपचारको क्रममा बाराको कलैयास्थित एलेक्स न्यूरो हस्पिटलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह पजियार थारुले जानकारी दिए ।

सोमबार राति नापी कार्यालयका कर्मचारीहरु चढेको जिप मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उखु बोकेको ट्याक्टरसँंग ठोक्किदाँ ११ जना घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको कलैयास्थित एलेक्स न्यूरो हस्पिटलमा उपचारकाक्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ । घाइतेहरुको कलैयाको एलेक्स हस्पिटलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !