२७ आश्विन २०८१, आइतबार

मित्रमिलन सहकारी ठगी प्रकरण: पिएन क्याम्पसका सहप्राध्यापक भण्डारी पक्राउ

प्रकाशित मिति :  6 February, 2024 1:08 pm


काठमाडौँ । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन्। भण्डारी पृथ्वीनारायण क्याम्पसमा सहप्राध्यापक समेत हुन् ।

सहकारी ठगी अभियोग लागेपछि फरार रहेका भण्डारीलाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित डेराबाट सोमबार राती पक्राउ गरेको हो।

उनले सहकारीबाट १ करोड ५१ लाख रुपैयाँ बढी कारोबार गरेको, राष्ट्र बैंकले दिएको सिमा नाघेर एकै दिन अत्याधिक कारोबार गरेको, सहकारीलाई चर्को ब्याजमा ऋण दिने गरेकोलगायत आरोप छ।

मित्रमिलन सहकारीमा बचत जम्मा गरेका ३ हजार ४ सय ४६ जना बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार रुपैयाँ अपचलन गरेको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगी आरोपमा जिल्ला अदालत कास्कीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि हालसम्म भण्डारीसहित ८ जना पक्राउ परेका छन्।



प्रतिक्रिया दिनुहोस !