२७ आश्विन २०८१, आइतबार

जापानद्धारा नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण

प्रकाशित मिति :  6 February, 2024 1:52 pm


काठमाडौँ । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदुत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेका हुन् ।

काठमाडौँस्थित जापानी राजदुतावासमा भएको कार्यक्रममा सो पोशाक हस्तान्तरण गरिएको थियो । बेइजिङमा २००८ मा भएको ओलम्पिकमा भाग लिनुभएका देवु थापाको समेत हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो ।

जापान सरकारको खेलकुद कुटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामुलक संस्था जुडोजले जुडो पोशाकहरु उपलब्ध गराएको हो । नेपालमा जुडोको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

यस अवसरमा राजदुत किकुटाले जुडोको दैनिक अभ्यासबाट युवा जुडो खेलाडीहरूले जुडोमा सीप मात्रै नभई स्वस्थ शरीर र अदम्य मनोभावका साथै शिष्टाचार पनि सिक्न सक्ने कुरामा जोड दिए ।

त्यसैले जुडोले युवाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास छ । आज हस्तान्तरण गरिएको जुडो पोशाकले नेपाली जुडो प्रेमीहरूको उत्साहलाई बढावा दिनुका साथै नेपालको भविष्यका रूपमा रहेका नेपाली युवाहरूको स्वस्थ विकासमा सकारात्मक भुमिका खेल्ने जापानी दुतावासले अपेक्षा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !