२७ आश्विन २०८१, आइतबार

संघीयता र धर्म निरपेक्षतासम्बन्धी सबै कानुनहरू छिटो निर्माण गरौँ: ओनसरी घर्ती

प्रकाशित मिति :  6 February, 2024 6:03 pm


काठमाडौँ । पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संघीयतासम्बन्धी कानुन छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बताएकी छन् ।

संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार यससम्बन्धी तत्काल कानुन निर्माण गरी कार्यान्वयनमा जान ढिलाइ गर्न नहुने उनको तर्क थियो ।

मंगलवार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै पूर्वसभामुख घर्तीले संसदमा वर्तमान शासन व्यवस्थाबारे राजनीतिक दलहरूले घनिभुत छलफल गर्नुपर्ने आवश्यकता समेत औँल्याइन् ।

जनता र जनप्रतिनिधिहरूबिचको ग्यापको कारण पनि संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेहरूलाई बल पुगेकाले संसदमा त्यस्ता भ्रम चिर्ने गरी छलफल गर्नुपर्ने उनले बताइन् ।

पूर्वसभामुख घर्तीले संसदलाई कानुन निर्माण गर्ने थलोको रूपमा स्थापित गराउन पनि राजनीति दलहरू लाग्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !