२७ आश्विन २०८१, आइतबार

घनश्याम भुसालको प्रश्न: पार्टी र नेता सफल हुँदा देश असफल किन भयो?

प्रकाशित मिति :  6 February, 2024 6:07 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरू र नेताहरू सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरेका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भुसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश भने असफल भइरहेको बताएका हुन् ।

उनले हरेक राजनीतिक दलहरूको दस्ताबेजहरूले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश चाहिँ किन असफल भएको हो भनी प्रश्न गरे ।

उनले नेता र पार्टी सफल हुँदा देश असफल कसरी भइरहेको हो भन्दै प्रश्न गरे । महासचिव भुसालले नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसकेको पनि बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरूमा समस्या भएको बताए ।

महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरूले दशकौँ अघिको सिद्धान्त बोकेर हिँडिरहेका भन्दै त्यसले नै गणतन्त्र कार्यान्वयनमा समस्या आइरहेको बताए । दलहरूको पुराना सिद्धान्तका कारण गणतन्त्र राम्रो बाटोमा हिँड्न नसकेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !