४ आश्विन २०८१, शुक्रबार

एक हप्तासम्म कर्णाली प्रदेशका सबै सिमानाका बन्द गर्ने निर्णय

प्रकाशित मिति :  4 May, 2020 5:39 pm


सुर्खेत, २२ वैशाख ।

कर्णाली प्रदेश सरकारले ७ दिनसम्म सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रवेश गर्ने मूख्य नाका बाँकेमा १६ जना संक्रमित भेटिएपछि कर्णाली प्रदेश सरकारले सबै नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको र अन्य प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै प्रदेशका सिमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म कर्णाली प्रदेशमा मात्रै कोरोना संक्रमण भेटिएको छैन । कर्णाली जोड्ने सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र चिनियाँ नाका पूर्ण रूपमा बन्द हुने छन् । दैनिक उपभोग्य वस्तुसमेतको आयातमा ७ दिनसम्म रोक लगाइएको कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

परिषद् बैठकले प्रदेशका २५ ठाँउमा थप विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टिम खटाउने निर्णयसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !