२७ आश्विन २०८१, आइतबार

सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैन: मिनेन्द्र रिजाल

प्रकाशित मिति :  6 February, 2024 6:23 pm


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न नसकिने बताए ।

उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए ।

“मलाई गठबन्धनको बारेमा झगडा त गर्नु छैन । जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त । त्यो भन्दा खराब के होला । ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो,मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो”, उनले भने, “अब हामीले ५ वर्षका लागि सम्झौता गरेका छौँ । पृथ्वी सुब्बा गुरुङले झुक्क्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फे(यै गर्छौँ बाँकी काम गर्नुपरेन । किनभने हिजो पनि भोट घट्दा सरकारम पुग्ने बाटो थियो भने आज यता किन हेर्नुप(यो । बालुवाटारको बैठकमा बसेर अर्को नेतासँग कुरा मिल्यो भने सत्ताबाट कसैले निकाल्न सक्दैन नि । त्यो भनेको मलाई सत्ता बाहेक बाँकी सत्य छैन । किनभने गठबन्धन बनाएर चुनाव लड्यौँ । प्रधानमन्त्री को हुने थाहा थिएन ।”

नेता रिजालले निर्वाचन प्रणाली बदल्नै पर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !