२७ आश्विन २०८१, आइतबार

राष्ट्रिय सभाबाट ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ स्वीकृत

प्रकाशित मिति :  7 February, 2024 3:38 pm


फाइल फाेटाे।

काठमाडौँ । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको समितिका सभापति आलेमगरले जवाफ दिएका थिए । उक्त प्रतिवेदनमाथि संशोधन राख्न चाहने सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !