२७ आश्विन २०८१, आइतबार

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ: अध्यक्ष लिङ्देन

प्रकाशित मिति :  7 February, 2024 3:41 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताएका हुन् ।

उनले देशले अवलम्वन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए । उनले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी समेत गरे । उनले कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

“हामीले अवलम्बन गरेको प्रणाली दोषी छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडी बढ्न सक्दैन” उनले भने, “अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारी सक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्छ ।”

उनले विभिन्न भ्रष्टाचारका काण्डहरु आएपनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !