२७ आश्विन २०८१, आइतबार

सम्पती शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

प्रकाशित मिति :  7 February, 2024 5:30 pm


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधि सभाले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

सो विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेकाे प्रस्तावमा बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !