२७ आश्विन २०८१, आइतबार

कोशी–गण्डकीका उच्च पहाड र हिमालमा हिमपात, तराईमा हुस्सु लाग्ने

प्रकाशित मिति :  8 February, 2024 8:08 am


काठमाडौँ । बिहीबार विहानैदेखि तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दुई प्रदेशका केही भाग बाहेक देशका अधिकांश क्षेत्रमा आगामी २४ घण्टामा मौसम सफा रहने भएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम प्रतिकूलताका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !