२७ आश्विन २०८१, आइतबार

डेरी एसोसिएसन लुम्बिनी प्रदेशद्वारा श्रीमद्भागवत सप्ताहमा दुध तथा दुग्ध पदार्थ वितरण

प्रकाशित मिति :  8 February, 2024 10:30 am


रुपन्देही । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले श्रीमद्भागवत सप्ताहमा दुध तथा दुग्ध पदार्थ वितरण गरेको छ ।

देवदह – ९ , भलुही , बाघकुमार रुपन्देहीमा आयोजना भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव–२०८० मा दुध तथा दुग्ध पदार्थ वितरण गरिएको एसोसिएसनले जनाएको छ ।

नेपाल डेरी एसोसिएसनले विहिन्न कार्यक्रमहरूमा दुध तथा दुग्ध पदार्थ वितरण गर्दै आएको छ । कार्यक्रमहरूमा दुध तथा दुग्ध पदार्थ वितरण गर्दा जनचेतना पनि फैलने र उपभोग पनि बढ्ने एसोसिएसनको विश्वास छ ।

डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार लुम्बिनी प्रदेशका थुप्रै स्कुल, अस्पताल, सामाजिक संघ सस्था सबै स्थानमा नियमित खुवाउने गरिएको छ ।

एसोसिएसनका सहसचिव शिव भुसालले नेपाल डेरी एसोसिएसनले देशैभर समय समयमा यस्ता कार्यहरू गर्ने गरेको बताए ।

एसोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले नेपाल डेरी एसोसिएसनले गरेका हरेक कार्य सकारात्मक भएका र हरेक सदस्यले साथ दिइएका कारण नै एसोसिएसनको प्रतिष्ठान बढ्दै गएको बताए ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हादले देशैभर आफ्नो संगठनका सदस्यहरूले गरेका यस्ता सकारात्मक गतिविधिले आफू अत्यन्तै खुशी रहेको र अरु काम गर्न थप हौसला मिलेको बताए ।



प्रतिक्रिया दिनुहोस !