२७ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढदलको बैठक जारी

प्रकाशित मिति :  8 February, 2024 11:47 am


काठमाडौं । बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्तारुढ दलका नेताहरुको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !