२७ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

प्रकाशित मिति :  9 February, 2024 7:49 am


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । फागुनको पहिलो साता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।

अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुनेछ । त्यस्तै बैठकमा पार्टीले सञ्चालन गरेको अभियानको मुल्याकंन र समीक्षा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !