२७ आश्विन २०८१, आइतबार

तीन संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  9 February, 2024 10:22 am


काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिबाट हालै सम्पन्न भएको भारत भ्रमणको बारेमा जानकारी गराइने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !