२७ आश्विन २०८१, आइतबार

संघीयता लागू गर्न काँग्रेसले काम गर्नुपर्ने आवश्यकता छ: नेता सिंह

प्रकाशित मिति :  9 February, 2024 4:00 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताए ।

नेता सिंहले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताए । उनले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताए । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताए ।

नेता सिंहले पार्टीलाई अहिलेको अवस्थाभन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताए ।



प्रतिक्रिया दिनुहोस !