२७ आश्विन २०८१, आइतबार

रविप्रति गगनको टिप्पणी: जादुगर हुँ भन्दै संविधानमाथि प्रहार गरिरहेछन्

प्रकाशित मिति :  9 February, 2024 4:11 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन्।

शुक्रवार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरूलाई मेटाउने काममा लागेको बताए। उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए।

उनले भने, ‘जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ। जसले निर्वाचनमा भाग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यस हाम्रो इतिहासलाई डिसमिस गर्दछ। यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ। यसले गणेशमान मान्दैन, यसले बिपी कोईराला मान्दैन। यसले २०४६ सालको आन्दोलन मान्दैन। यसले ०६२ सालको आन्दोलन मान्दैन। यसले हाम्रो संघर्षको उपहास गर्दछ।’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए।

उनले भने, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन्। एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन्। तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो। तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ। तिनीहरु हिजोको अध्याँरोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ।’

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए। उनले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए। उनले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !