२७ आश्विन २०८१, आइतबार

भाषण सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन्ः देउवा

प्रकाशित मिति :  9 February, 2024 4:14 pm


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रवार नेपाली काँग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनले लामो भाषण गर्नेहरूप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरू खालि भएपनि नेताहरू भाषण गरिरहेको देखिएको बताए ।

उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।

सभापति देउवाले काठमाडौँ देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रश्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !