२७ आश्विन २०८१, आइतबार

शनिबारको राशिफल, कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  10 February, 2024 5:54 am


२०८० माघ २७ गते शनिबारको राशिफल

मेष

मेष राशि भएकाहरूका लागि आज दिन र समय मध्यम रहनेछ । आँटेको काम अधूरो रहनेछन् । कुरा काट्नेहरु बढ्ने छन् । व्यापार व्यवसायमा सोचेको जस्तो सफल भइनेछैन । कुनै कामको सुरुवात नगर्नुहोला । यात्रा गर्दा विचार पुर्याउनु होला ।

वृष

वृष राशिहुनेहरुको अशुभ रहेको छ । स्वास्थ्यमा समस्या आउनेछ । अनावश्यक विवादमा फसिने छ । मनमा नराम्रा कुराहरु खेल्नेछन् । कुनै काम गर्दा सावधानी अपनाउनु होला ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज नराम्रो छ । कामहरु बन्ने छैनन् । यात्रा गर्दा विचार पुर्याउनुहोला अनावश्यक झन्झन्टमा फसिनेछ । स्वास्थ्यमा समस्या आउने छ ।

कर्कट

कर्कट राशिका लागि आजको दिन राम्रो रहेको छ । रोकिएका धन हात पर्नेछन् । रोकिएकाका कामहरु पूरा हुनेछन् । मनमा शान्ति छाउने छ ।

सिंह

सिंह राशि भएकाहरूका लागि आजको दिन शुभ रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । सकारात्मक सोचहरु आउने छन् । पढाइमा मन लाग्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । मनमा विभिन्न समस्या उत्पन्न हुनेछन् । कुनै ठाउँको यात्रा गदा विचार पुर्याउनु होला । मनमा नराम्रा कुराहरु खेलिरहनेछन् ।

तुला

तुला राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेकोछ । अनावश्यक खर्च हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । आर्थिक संकट पर्न सक्नेछ ।

वृश्चिक

वृश्चिक राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । आर्थिक लाभ मिल्नेछ । धर्मकर्ममा मन जानेछ । रोकिएका कामहरु बन्नेछन् । मन शान्त रहनेछ । नयाँ कामको सुरुवात हुनेछ ।

धनु

धनु राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेकोछ । विभिन्न समस्याहरु उत्पन्न हुनेछन् । मित्रहरुले विरोध गर्नेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । प्रेममा धोका पाइनेछ । आर्थिक संकट आउनेछ ।

मकर

मकर राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । मिष्ठान्न भोजन गर्न पाइनेछ । नयाँ कामको सुरुवात हुनेछ । पढाइमा मन जानेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ

कुम्भ राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेको छ । मनमा पिडा हुनेछ । आफन्तले साथ दिनेछैनन् । अनावश्यक खर्च हुनेछ । आज गरेको लगानी डुब्न सक्नेछ ।

मीन

मीन राशि हुनेहरुको आजको दिन राम्रो रहेकोछ । धन रत्नहरु लाभ हुनेछ । साथिभाइले सहयोग गर्नेछन् । कामहरु बन्नेछन् । सम्मान मिल्नेछ । आँटेको काम पूरा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !