२७ आश्विन २०८१, आइतबार

प्रधानमन्त्रीको दाबीः म प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज भएको छ

प्रकाशित मिति :  10 February, 2024 1:23 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल-चीनबिचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएका छन्।

शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबिचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुचारु र व्यवस्थित गर्न बढी ध्यान दिएको दाबी गरे ।

परिणामस्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री दाहालको दाबी छ । उनले चिनियाँ राजदुतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए ।

उनले छलफलमा परम्परागत नाकाहरू खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए ।

प्रधानमन्त्री दाहालले सहमति मात्रै पर्याप्त नहुने भन्दै थप कुटनीतिक पहलबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !