२ मंसिर २०८१, आइतबार

विधान अधिवेशनको प्रश्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई दिने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति :  10 February, 2024 7:34 pm


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ ।

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।

बैठकमा नेताहरुबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा नेताहरुले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याएको पनि प्रवक्ता सापकोटाले बताए।

सापकोटाले भने, “खासगरी केन्द्रिय समितिको बारेमा चाहीँ सबैको एकमत जस्तो भयो । १५१ जनाको प्रश्ताव भएको छ, त्यो ठिक छ भन्ने भयो । बैठक निकै राम्रो भएको छ ।”

आइतबारबाट भोलीबाट केन्द्रिय समिति वैठक रहेकाले सो वैठकमा पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने सापकोटाले बताए।

उनले भने, “विधान सम्मेलन १, २ र ३ मा हुन्छ । सोही विधान सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई पास त त्यो त्यही सम्मेलनले गर्छ । त्यो प्रश्ताव चाहीँ तयार पार्नका लागि आज निकै राम्रो छलफल भएको छ । फेरि एक पल्ट आएका सबै सुझावहरुलाई संकेन्द्रण गरेर पदाधिकारीले एक गतेदेखि शुरु हुने विधान सम्मेलनमा प्रश्तुत गर्ने भन्ने निर्णय भएको छ आज ।”

आर्थिक विकासमा चाहीँ एउटा ¥याडिकल रिफर्म गर्नुपर्छ भन्ने निश्कर्ष निकालिएको उनले बताए । थप प्रष्ट पार्दै नेता सापकोटाले भने, “आर्थिक विकासमा ¥याडीकल रिफर्म भन्नाले निरन्तरतामा क्रमभंग गर्ने र त्यसपछि योजना निर्माण पनि नयाँ ढंगले गर्ने र त्यसैगरी बजेट निर्माणमा पनि नयाँ ढंगले तयारी गर्ने भन्ने छ ।”

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका छन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !